NEPALI KALAKAR

सोना के. सी. को “क्यारम मोयालाई” सार्वजनिक

नेपाली कलाकार

अथक साधना र लगनशीलताले मान्छेलाई सफल बनाउछ । दृढ सङ्कल्प र आत्मविश्वासले आफुलाई लक्ष्य तर्फ केन्द्रित गराउदै लैजान्छ । आफू सँग गर्न सक्छु भन्ने आँट छ भने कुनै कुरा असम्भव छैन । प्रवासमा रहेर पनि नेपाली मौलिक लोकसङ्गीतको जगेर्ना गर्न वर्षौ देखि तल्लीन छिन् मोडल तथा लोकदोहोरी गायिका – सोना के.सी. ।

प्युठान जिल्लामा जन्मिएर कैलालीको सेरोफेरोमा हुर्किएकी सोना सानै देखि मोडल बन्न चाहन्थिन् । उनी सानै हुँदा चर्चित नायिका रेखा थापाको चलचित्र “हिरो” हेरे पछि आफुलाई पनि मोडलिङमा लाग्न इच्छा जागेको बताउछिन् । हाल जापानलाई कर्मथलो बनाउदै आएकी सोनाका थुप्रै चर्चित गीतहरु सार्वजनिक भैसकेका छन् । उनले जापानकै रोधी घरमा गाएका प्रत्यक्ष दोहोरी तथा फेसबुक लाइभमा गाएका धेरै गीतहरु सामजिक सन्जाल तथा युट्युब भरी सुन्न र हेर्न पाइन्छ । कृष्ण रेउले तथा मनमाया वाइबाले गाएको “यै त होला माया भनेको” बोलको गीत उनले फेसबुक लाइभमा गाएकी थिइन् जुन सामाजिक सन्जालमा भाइरल भएको थियो ।

मोडलिङ बाट आफ्नो करिअर सुरुवात गरेकी सोनाका चर्चित गीतहरु मध्य बुढेसकालैमा, सारा सेरोफेरो, किन हो बिर्सनी तथा तिज गीत बरीलै छन् । हिजो मात्र उनको आफ्नै युट्युब च्यानल बाट “क्यारम मोयालाई” नामको लोकदोहोरी गीत सार्वजनिक भएको छ । बरिष्ठ सर्जक शिव हमालको शब्द सङ्गीतमा तयार भएको उक्त गीतमा लोकदोहोरीका बादसाह कुलेन्द्र बिक र उनको आफ्नै आवाज रहेको छ । मोडल गम्भीर बिष्ट र उनको आफ्नै नृत्यले सुनमा सुगन्ध थपिदिएको छ । प्रवासमा रहेर पनि मौलिक लोकसङ्गीतको संरक्षणमा लागि परेकी यी नेपाली चेलीलाई हामी सबैको साथ र सपोर्टको जरुरत छ । उनको यो नयाँ सिर्जनाले सोचेभन्दा बढी सफलता पाओस् मेरो शुभकामना र शुभेच्छा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap