NEPALI KALAKAR

नेपाल आइडलकी रचना रिमाल र शिशिर भण्डारीको नयाँ गीत फोटो फिरिममा

भन्ने गरिन्छ आफू सँग प्रतिभा भएर मात्र पुग्दैन, अवसर खोज्दै जानुपर्छ तर रचना रिमाल यस्ती भाग्यमानी गायिका हुन् जस्को सुरिलो र कोकिलकण्ठी आवाजमा गीत सुन्न र अन्तर्वार्ता लिन थुप्रै मिडियाहरु उनको घर बाहिर पालो कुरेर बस्थे । नेपाल आइडल जस्तो ठूलो प्ल्याटफम पनि उनलाई अडिसन लिन उनकै घर पुगेको थियो ।

सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्य रचना रिमाल पनि एक हुन् । संघर्ष बिनाको सफलता बिरलै पाइन्छ । रचना रिमाल पनि अनेकौं संघर्षलाई पार गर्दै अगाडि बढेकी हुन् । झापाको भद्रपूरमा जन्मिएकी रचनाका बाबा टेम्पो कुदाउनु हुन्छ । आमा सानो चटपटे र चकलेट पसल चलाउनु हुन्छ अनि फुर्सदमा कपडा सिलाउने काम पनि । तीन दिदिबहिनी मध्य उनी माइली छोरी हुन् । पूर्वमा भेटियो पृथक आवाज भन्दै विभिन्न युट्युब च्यानलहरुले उनका अन्तर्वार्ता र गीतहरु सार्वजनिक गर्न थाले । उनले चटपट बनाउदै, गीत गाउदै, सबैलाई मन्त्रमुग्ध पारेको भिडियो भाइरल भएपछि सामाजिक संजालमा उनलाई “चटपटेवाली गायिका” भनेर  मन पराउन थालियो । यो नाम नै आज नेपाल आइडल जस्तो ठूलो रियालिटी सो मा “आर्गनिक आवाज” भनेर चिनिन पुग्यो । आज रचना रिमाललाई नचिन्ने कमै छन्  होला । उनका आवाजका फ्यानहरुकै कुरा गर्ने हो भने नेपाल आइडल सिजन थ्रीमा  धेरै पटक रचनाकै पक्षमा सबैभन्दा बढी भोट आएको थियो ।

उनको आवाजमा पहिलो पटक वसन्त सापकोटाको शब्द सङ्गीतमा “रुमाल चिनो देउन कान्छा पसिना आउँदा पुछौला” बोलको गीत रेकर्ड भएको थियोे । अडियो मात्र भए पनि यस गीतलाई धेरै दर्शक श्रोताले अत्यधिक मन पराइदिएका छन् ।

 

 

फोटो फिरिममा

कलाकार, सर्जक मात्र नभएर युवा समाजसेवी शिशिर भण्डारीले  आफ्नो नयाँ गीत “फोटो फिरिममा” मा  रचनालाई गाउने मौका दिएका छन्  । त्यसो त शिशिर भण्डारी रचना रिमालको आवाजका ठूलो फ्यान हुन् । रचनाको आवाज आफ्नो गीत रेकर्ड गर्न पाउँदा उनी निकै खुशी छन् ।

 

फोटो फिरिममा
कैले मिलन कैले बिछोड माया पिरिममा !
संँधै उस्तै नहुने यो माया पिरिममा !!!

चर्किएको एना सरी फुट्यो हाम्रो माया
तिम्ले घात गरे पछि टुट्यो हाम्रो माया !
चोखो माया गर्ने मेरो दिल तोडि गयौ
छुट्ने बेला चिनो आखिर फोटो छोडी गयौ !!

तिम्ले सास फेर्दा मात्र मेरो मुटु चल्थ्यो
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो !
अझै पनि मेरो आँखा तिम्रै लागि रुन्छ
मलाई मात्रै यस्तो हो कि सबलाई उस्तै हुन्छ !!

तिम्रै मात्र आउछ मलाई संँधै भरी झल्को
रमाएका सङ्गै अनि रोएका ती पल्को !
छोडी मलाई पराइको मन्मै फुल्यौ होला
मैले मात्र सम्झेको छु तिम्ले भुल्यौ होला !!

दैब कसम झुटो माया अब लाउदिन
पाउनु धोका पाइसके अब पाउदिन !
मीठा सपना देखाइ पहिले माया जालमा पार्यौ
अन्तै घरवार सार्यौ अहििले  ज्युदै मलाई मार्यौ !!

शब्द / सङ्गीत : शिशिर भण्डारी
आवाज : रचना रिमाल

 

 

“फोटो फिरिममा” एक अधुरो र वियोगान्त  प्रेम कहानी समाबेश गरिएको कर्णप्रिय गीत हो । शिशिर भण्डारीको आफ्नै कन्सेप्ट र अभिनय रहेको यस भिडियोमा कसैले चिनो छोडेर गएको तस्वीर हेर्दै  पुराना कुराहरुको याद गरिएको छ । आफुले माया गरेको मान्छेको साथ बिना जिन्दगी कति अधुरो र असहज छ भनेर देखाइएको छ । कसैलाई साँचो माया गरे बापत बदलामा धोका पाइन्छ भने जिन्दगी सुनसान र निरस बन्छ भन्ने कुरा भिडियो मार्फत दर्शाइएको छ । बिछोडको पिडाले दुखेको मन र रसाएको परेलीको गीत हो यो । शिशिर भण्डारीका  यथार्थ शब्द अनि मधुर सङ्गीत र रचना रिमालको आवाजले यो गीतको मर्मलाई झन् पिडादायी बनाइदिएको छ जस्को कारण जो कोहिले पनि यो गीत सुनेर मन थाम्न सक्दैनन् ।

शिशिर भण्डारीको आफ्नै युट्युब च्यानल “नयाँ नयाँ न्युज नेपाल” मार्फत सार्वजनिक गरिएको यस गीतले केही दिनमै  लाखौ दर्शक श्रोताको माया बटुलीरहेको छ ।

छुटाउनै नहुने कुरा के छ भने सङ्गीतको  पक्षमा मात्र नभै   शिशिर भण्डारीले सामाजिक काममा पनि ठूलो योगदान दिएका छन् । अपाङ्ग असहाय तथा दैबीप्रकोपमा परेका थुप्रै बेसाहारालाई सहयोग र हौसला प्रदान गरी पुनर्जीवन दिएका छन् । उनको कोमल हृदय र सहयोगी मनको पूजा र प्रशंशा  गर्ने धेरै जना छन् । यी समाजसेवी युवा, सर्जक र कलाकारलाई मेरो नमन छ । साथै रचना रिमाल र शिशिर भण्डारीको फोटो फिरिममा गीत सबैको मनको फिरिममा सजिदै जाओस् मेरो शुभकामना !!!

 

.

5 thoughts on “नेपाल आइडलकी रचना रिमाल र शिशिर भण्डारीको नयाँ गीत फोटो फिरिममा

  1. रचना को बारेमा पढ्न पाउदा खुशी लाग्यो। साँच्चै स्वर कि धनी हुन रचना। तिमी लाई सफलताको कामना। भाई प्रियकुमार धन्यबाद छ तिमीलाई यति राम्रो लेख रचना को बारेमा लेखेकोमा।

  2. रचना रिमालको अझै धेरै प्रगतिको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap