NEPALI KALAKAR

छोटो समयमै लाखौं दर्शक श्रोताको माया पाएको गीत – मुसुक्कै हाँसीदेउ

प्रवासमा रहेर पनि नेपाली माटोको सुगन्ध आउने मौलिक लोकसङ्गीतको जगेर्ना गर्न अब्बल रहेका धेरै नेपाली कलाकारहरु मध्य लोकदोहोरी गायिका गङ्गा लोहनी पनि एक हुन् ।
धादिङमा जन्मिएर हाल दक्षिण कोरियालाई कर्मथलो मान्दै आएकी गङ्गाका उत्कृष्ट गीतहरु “आकाशैमा जून छ” र “शङ्का” डिजिटल बजारमा सार्वजनिक भैसकेका छन् ।
पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका सङ्गीतकार तथा गायक खेम सेन्चुरी सँगको सहकार्यमा निर्माण गरिएको यो लोकदोहोरी गीत “मुसुक्कै हासिदेउ” ले छोटो समयमै लाखौ दर्शक श्रोताको मन मुटुमा बस्न सफल भैसकेको छ ।
गङ्गा लोहनीका मौलिक शब्द अनि बरिष्ठ सङ्गीतकार खेम खेन्चुरीको सुमधुर सङ्गीत अनि गङ्गा लोहनी र खेम खेन्चुरीको मखमली आवाजमा सजिएको यो गीत छोटो समयमै टिकटक तथा अन्य सामाजिक सन्जालमा चर्चित भैरहेको छ ।
नेपाली मौलिक कला सिर्जना हाम्रा चिनारी हुन् त्यसैले यस्ता गीतहरुलाई प्राथमिकता र हौसमा दिइनुपर्दछ । यो मीठो गीतले करौडो नेपालीको मुटुमा वास पाओस् हाम्रो शुभकामना र शुभेच्छा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap