NEPALI KALAKAR

सर्जक इस्वरी अर्यालको – “बरको पात” सार्वजनिक

भनिन्छ सङ्गीतको नशा सबैभन्दा शक्तिशाली नशा हो । जस्लाई यो नशा लाग्छ उस्ले सङ्गीतलाई आफ्नो लक्ष्य बनाएरै छोड्छ । सङ्गीतको मोहमा डुबुल्की मार्दै साङ्गीतिक क्षेत्रको पहिलो ढोका उघार्न ” बरको पात ” लिएर आएकी छिन् सर्जक इश्वरी अर्याल ।

उनलाई गीत सङ्गीत प्रतिको रुची सानै देखि थियो । बिशेषत लोकदोहोरी बिधा साह्रै नै मन पराउथिन् । उनको घरमा न त साङ्गीतिक माहोल नै थियो न त यो क्षेत्रमा लागेको मन नै पराइन्थ्यो । उनी आफू बुझ्ने भए देखि नै घरबाट भागेर रत्यौली, भजन, मेला, महोत्सवहरु हेर्न जाने गर्थिन् । रेडियोमा लोकदोहोरी गीत आयोकि त आवाज बढाएर सुन्ने गर्थिन् । शिक्षा सङ्कायमा ब्याचलर सम्म अध्ययन गरिसके पछि उनी पि.के. क्याम्पसमा डिग्री पढ्न सुरु गरिन् ।

दु:खको कुरा त्यही समयमा उनका दाजु क्यान्सर बाट पिडित हुनु भयो अनि आमा पेटको बिरामी हुनुभयो । दुर्भाग्यबश उनले आमा र दाजु दुबै गुमाउनु पर्यो । यहि कुराले गम्भीर सोचमा पुगेकी उनले डिग्री पढाइको दोश्रो बर्ष चल्दै गर्दा अध्ययनलाई पूर्णबिराम लगाइदिइन् । रोगकै कारण आमा र दाजु गुमाउन परेकोले यस्तै समस्या अरुलाई पनि नपरोस् भन्ने सोचले ल्याब टेक्निसियन बनेर रोगीहरुको सेवा गर्ने बिचार गरिन् । फलतः उनले तीन वर्षे ल्याब टेक्निसियन कोर्स पूरा गरिन् र केही समय सेवा पनि गरिन् । तर ठ्याक्कै सोचे झै सहज परिस्थिति नभए पछि अन्ततः उनी स्टुडेन्ट भिजामा जापान पलायन हुन बाध्य हुनु पर्यो । अहिले उनी तीन वर्ष देखि जापनमा कार्यरत छिन् ।

नेपाल हुदा नै उनी गीत सङ्गीतमा लाग्न चाहन्थिन् तर यसका लागि न त उनी सङ्ग लगानी थियो नत अनुभव नै । जापान पुगे पछि उनले आफ्नो सपना पूरा हुने सम्भावना देखिन् । सामाजिक सन्जाल फेस्बुक मार्फत मेसेन्जर रोधी समुहहरुमा गीत गाउदै उनले साङ्गीतिक अनुभव बटुलिन् । मेसेन्जर रोधीमा गीत गाउने क्रममै उनको चिनजान प्रिय कुमार सङ्ग हुन पुग्यो । दाजुको पवित्र नाता गाँस्दै उनले आफुले लेखेको “बरको पात” भन्ने गीत प्रिय कुमारलाई सुनाइन् र त्यसको लय नभएको गुनासो गरिन् । केही हप्ता पश्चात् प्रिय कुमारले यो गीतको लय तयार पारिदिए । आफुले लेखेका शब्दहरु लयमा बाँधिएर आउँदा उनको खुशीको सिमा रहेन ।

अन्ततः उनले यो गीत रेकर्ड गराएरै छोडिन् । लोकदोहोरीका बादशाह मानिने लोकदोहोरी गायक कुलेन्द्र बिक र लोकदोहोरी गायिका सन्जिता श्रेष्ठको आवाजले गीतलाई सुनमा सुगन्ध थपिदियो । सरल जीवनशैली र मिलनसार स्वभाब भएकी इश्वरी सबै साथीभाईहरुकी प्यारी छिन् । भाग्य र समयले साथ दिए सम्म उनी सङ्गीत क्षेत्रमै लाग्ने बताउछिन् । उनी आफुलाई गायिकाको रुपमा भन्दा पनि लोकदोहोरी सर्जकको रुपमा चिनाउन चाहन्छिन् । उनको यो सपना पूरा होस् हाम्रो शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap