NEPALI KALAKAR

मेरो बारेमा

साङ्गीतिक नमन !!

म प्रिय कुमार, घर पोखरा हाल यु. ए . इ. । सङ्गीत र साहित्यमा बिशेष रुची । शब्द कोर्छु, सङ्गीत सिर्जना गर्छु र गुनगुनाउछु पनि । यस्तो लाग्छ, जन्मन त म कलाकार बन्नका लागि थिए तर प्रतिकुल समय र परिस्थितिले मलाई ब्लगर बनायो । तैपनि मेरो सङ्गीत प्रतिको मोह कहिल्यै घटेन । खैर ! म कलाकार बन्न त सकिन तर कलाकारहरुका लागि कलम बन्न चाहन्छु ।

ठुलाबडाले आशिर्बाद दिंदा गायक बनेस् भनेर आशिष दिनुस् है भन्थें । अपसोच सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने मेरो सपना, सपना नै रह्यो । न त म गायक नै भए न त कुनै फरक काम नै गर्न  सके । त्यसैले न त मलाई भविष्यमा कसैले खोज्नेछ, न त मेरो बारेमा कसैले सोध्नेछ । भलै मेरो ईतिहास नलेखियोस् म आफ्नै कलमले कलाकारहरुका जीवनी लेख्न चाहन्छु । जुन कुरा पढेर धेरैलाई प्रेरणा र पाठ मिलोस् ।

जय गीत ! जय सङ्गीत !!

Copy link
Powered by Social Snap