NEPALI KALAKAR

करोडको थेगो “काली तिरैमा” दुर्गा बि. सि. र सुनिता बुढा

औंसीको रात यसै पनि अन्धकार अनि चारैतिर सन्नाटा, मस्त निदाएको बस्ती । तिमी हिडेको दिन देखि नै गायब भएको आँखाको निद, म कसरी निदाउँ ? आफ्नै सुरमा सललल बगेको काली नदीको तिरमा बसेर, तिमीलाई सम्झदै कति रोए कति । काली नदीको चिसो सिरेटोले सिरिङ्ग पार्दा तिम्रो अङ्गालोमा बाँधिएर बाँकी जीवन तिमीलाई सुम्पन्छु भनेर गरेको बाचा सम्झेर रोए । म फर्किहाल्छु है सानी भनेर मिर्मिरेमा परेला भरी आँसु पार्दै तिमी बिदाइ भएको बिहान सम्झेर रोए । समय निर्दयी बनेर कतै मन भित्र फुल्दै गरेको यो मखमली माया बाध्यताको हुरीले तहस नहस पार्ने हो कि भन्ने चिन्ताले रोए । छोरा मान्छेको मन,… Read More

चर्चा बटुल्दै मोडल अनुपा अधिकारी

काली नदीका किनारमा भेटिने शालिग्राम यतिकै बहुमुल्य कहाँ भएका हुन् र ? नदीको मुहान देखि बग्दै बग्दै यहाँ सम्म आइपुग्दा कैयौं चट्टानहरु सङ्ग ठक्कर खानु पर्यो होला अनि कैयौंपटक छाँगा छहराबाट कहालिदै झर्नु पर्यो होला । नदीका किनार नै झलमल्ल पारिदिने यी शालिग्रामहरु यतिकै यति सुन्दर र मनमोहक कहाँ भए होलान् र । लछारिदै, घसारिदै, टुक्रदै र निखारिदै यौटा सुन्दर आकार लिनलाई यी शालीग्रामहरुलाई कैयौं महिना लाग्यो होला । जसरी पत्थर कैयौं चोट सहदै मुर्तिमा परिणत हुन्छ तब पो सबैको पुज्य बनेको छ । त्यसैले त म भन्ने गर्छु नि – अप्ठ्यारा परिस्थितिहरु सँग नडराउनुहोस्, दुखको बेला धैर्य रहनुस, आपतको… Read More