NEPALI KALAKAR

“हे बरै “! “अधेरै अधेरो” मा दिप्लभकी “भुपु माया” फर्केर आइन् ।

प्रिय कुमार पोखरा । जब लगनका महिनाहरु सुरु हुन्छन् प्रकृति पनि ठाटिएर सुरम्य बने झै लाग्दछ । यसै त प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश त्यसै माथि कला र संस्कृतिमा सबैभन्दा पृथक । बिवाह, बेहुला, बेहुली, जन्ती, ध्वजा पताका अनि साङ्गितिक मनोरञ्जनका लागि पन्चे बाजा र नौमती बाजा । रत्यौलीमा झुम्दै गरेका बेहुलाका परिवार, आफन्त अनि सिङ्गो गाउँ टोल । आहा ! कति रमाइलो माहौल । सनाहीको सुमधुर आवाजमा ढोलकको घुमपाक घुमपाकमा उठी बसी नाच्नुको मज्जा म अहिले परदेशमा बसेर सम्झिरहेको छु । म त सानै देखि लोकसङ्गीतको पारखी त्यस माथि मौलिक बाजाको त कुरै नगरौं । गाउँघरमा कसैको बिहे हुने… Read More