NEPALI KALAKAR

सोना के. सी. को “क्यारम मोयालाई” सार्वजनिक

नेपाली कलाकार अथक साधना र लगनशीलताले मान्छेलाई सफल बनाउछ । दृढ सङ्कल्प र आत्मविश्वासले आफुलाई लक्ष्य तर्फ केन्द्रित गराउदै लैजान्छ । आफू सँग गर्न सक्छु भन्ने आँट छ भने कुनै कुरा असम्भव छैन । प्रवासमा रहेर पनि नेपाली मौलिक लोकसङ्गीतको जगेर्ना गर्न वर्षौ देखि तल्लीन छिन् मोडल तथा लोकदोहोरी गायिका – सोना के.सी. । प्युठान जिल्लामा जन्मिएर कैलालीको सेरोफेरोमा हुर्किएकी सोना सानै देखि मोडल बन्न चाहन्थिन् । उनी सानै हुँदा चर्चित नायिका रेखा थापाको चलचित्र “हिरो” हेरे पछि आफुलाई पनि मोडलिङमा लाग्न इच्छा जागेको बताउछिन् । हाल जापानलाई कर्मथलो बनाउदै आएकी सोनाका थुप्रै चर्चित गीतहरु सार्वजनिक भैसकेका छन् । उनले… Read More

सर्जक इस्वरी अर्यालको – “बरको पात” सार्वजनिक

भनिन्छ सङ्गीतको नशा सबैभन्दा शक्तिशाली नशा हो । जस्लाई यो नशा लाग्छ उस्ले सङ्गीतलाई आफ्नो लक्ष्य बनाएरै छोड्छ । सङ्गीतको मोहमा डुबुल्की मार्दै साङ्गीतिक क्षेत्रको पहिलो ढोका उघार्न ” बरको पात ” लिएर आएकी छिन् सर्जक इश्वरी अर्याल । उनलाई गीत सङ्गीत प्रतिको रुची सानै देखि थियो । बिशेषत लोकदोहोरी बिधा साह्रै नै मन पराउथिन् । उनको घरमा न त साङ्गीतिक माहोल नै थियो न त यो क्षेत्रमा लागेको मन नै पराइन्थ्यो । उनी आफू बुझ्ने भए देखि नै घरबाट भागेर रत्यौली, भजन, मेला, महोत्सवहरु हेर्न जाने गर्थिन् । रेडियोमा लोकदोहोरी गीत आयोकि त आवाज बढाएर सुन्ने गर्थिन् । शिक्षा… Read More

छोटो समयमै लाखौं दर्शक श्रोताको माया पाएको गीत – मुसुक्कै हाँसीदेउ

प्रवासमा रहेर पनि नेपाली माटोको सुगन्ध आउने मौलिक लोकसङ्गीतको जगेर्ना गर्न अब्बल रहेका धेरै नेपाली कलाकारहरु मध्य लोकदोहोरी गायिका गङ्गा लोहनी पनि एक हुन् । धादिङमा जन्मिएर हाल दक्षिण कोरियालाई कर्मथलो मान्दै आएकी गङ्गाका उत्कृष्ट गीतहरु “आकाशैमा जून छ” र “शङ्का” डिजिटल बजारमा सार्वजनिक भैसकेका छन् । पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका सङ्गीतकार तथा गायक खेम सेन्चुरी सँगको सहकार्यमा निर्माण गरिएको यो लोकदोहोरी गीत “मुसुक्कै हासिदेउ” ले छोटो समयमै लाखौ दर्शक श्रोताको मन मुटुमा बस्न सफल भैसकेको छ । गङ्गा लोहनीका मौलिक शब्द अनि बरिष्ठ सङ्गीतकार खेम खेन्चुरीको सुमधुर सङ्गीत अनि गङ्गा लोहनी र खेम खेन्चुरीको मखमली आवाजमा… Read More