NEPALI KALAKAR

COVID-19 ( कोरोना भाइरस) को पछिल्लो अप्डेट भिडियो सहित (हेमन्त कान्छा रसाइली )

सारङ्गी एक पुरानो र मौलिक बाजा हो । परापूर्वकाल देखि नै सारङ्गीकै माध्यम वाट समाचार आदानप्रदान गरिदै आइएको थियो । जसरी अहिले सामाजिक संजाल मार्फत हरेक कुरा सबै माझ तत्कालै पुग्दछ त्यसै गरी त्यति बेला सारङ्गी पनि सन्चारकै एक माध्यम जस्तै बनेको थियो । विशेष गरी गन्धर्वहरु सारङ्गी बोकेर हर घर दैलोमा पुगी बिभिन्न लडाइका लाहुरेका कथा, बेचिएका चेलीका कहानी अनि समाजमा घटेका विभिन्न घटनाहरुलाई गीत मार्फत सुनाउने गर्थे । अझै पनि नेपालका कैयौं गाउँहरु छन् जहाँ सन्चार माध्यमको सुविधा पुगिसकेको छैन । सारङ्गी एक यस्तो सन्देश प्रवाह गर्ने बाजा हो जस्को करुणताले सबैलाई आनन्द मात्र दिदैन सचेतता र साबधानी… Read More

नेपाल आइडलकी रचना रिमाल र शिशिर भण्डारीको नयाँ गीत फोटो फिरिममा

भन्ने गरिन्छ आफू सँग प्रतिभा भएर मात्र पुग्दैन, अवसर खोज्दै जानुपर्छ तर रचना रिमाल यस्ती भाग्यमानी गायिका हुन् जस्को सुरिलो र कोकिलकण्ठी आवाजमा गीत सुन्न र अन्तर्वार्ता लिन थुप्रै मिडियाहरु उनको घर बाहिर पालो कुरेर बस्थे । नेपाल आइडल जस्तो ठूलो प्ल्याटफम पनि उनलाई अडिसन लिन उनकै घर पुगेको थियो । सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्य रचना रिमाल पनि एक हुन् । संघर्ष बिनाको सफलता बिरलै पाइन्छ । रचना रिमाल पनि अनेकौं संघर्षलाई पार गर्दै अगाडि बढेकी हुन् । झापाको भद्रपूरमा जन्मिएकी रचनाका बाबा टेम्पो कुदाउनु हुन्छ । आमा सानो चटपटे र चकलेट पसल चलाउनु हुन्छ अनि फुर्सदमा… Read More

चर्चित मोडल अन्जली अधिकारी र बिमल रङ्गेहात झ्यालैमा . . .

रहर, सपना र लक्ष्य एकातिर तर मानिसलाई बाध्यताले पुर्याइदिन्छ अन्तै तिर । आफ्नै माटोमा सङ्गीतका फूलहरु रोपेर साङ्गीतिक फूलवारी ढकमक्क बनाउने सपना देखेका दूर्गा बि.सि. अन्ततः बाध्य भएर पलायन हुनै पर्यो । तन जहाँ पुगे पनि यदि मन राष्ट्र प्रेमले ओतप्रोत छ भने उसले आफ्नो कला संस्कृति र मौलिकता कहिल्यै बिर्सदैन । परदेशी भूमिमै रहेर पनि दूर्गा बि. सि. ले नेपाली मौलिक लोक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै एक पछि अर्को मौलिक साङ्गीतिक खुराक पस्कदै आएका छन् । झण्डै सात वर्ष देखि इजरायलमा पसिना बगाउदै आएका युवा गायक तथा सर्जक दूर्गा बि.सि. बाग्लुङ जिल्लामा जन्मिएका हुन् । बाबा दलबहादुर र… Read More

मलाई रुवाउने मान्छे – हेमन्त कान्छा रसाइली ( माया मार्यौ रे )

एक त मरुभूमिको निर्दयी घाम अनि त्यो दिनको उखर्माउलो गर्मी । घाँटी सुक्यो, थोरै पानी पिउन मन लाग्यो । पानी तातेर पिउनै नहुने भारैछ । मुखमा हालेको पानी पनि ननिली थुकिदिए । साथीले खाना खाने ब्रेक भएको जानकारी दियो । टाउकोको हेल्मेट झिके, हातको पन्जा फुकालेर चोर औंलालाई बङ्गाएर निधारको पसिना पुछे । भोक बेसरी लाको छ तर गर्मीले बसाएको दाल र कक्रक्क परेको खबुस (रोटी ) देख्ने बित्तिकै खाने जाँगर कता भाग्यो कता । बालुवा माथि थचक्क बसेर लामो सुस्केरा हाल्दै दुई टुक्रा रोटी दालमा चोबेर मुखमा लैजानै लागेको थिए साथीले मोबाइलमा गीत बजायो :- पातको चुङ्गी खेलिन्थ्यो बारीमा… Read More

कपालु कोरेर VS पासपोर्ट हरियो ( समीक्षा )

समीक्षा   कपालु कोरेर VS पासपोर्ट हरियो     भुमिका बिषयवस्तु र परिवेश समानता र असमानता शब्द समायोजन सङ्गीत पक्ष तथा गायन निर्देशन र अभिनय ————————########——————–   भुमिका “कपालु कोरेर” र “पासपोर्ट हरियो” मेरा लागि उति नै प्रिय गीतहरु हुन् । हुन त परदेशी भएर होकि किन किन यस्ता गीतहरु सुन्नासाथ मनमा बसिहाल्छन् । कति मन छुने र यथार्थ छन् यी गीतका शब्दहरू । कति मुटु रेट्ने खालका छन् सङ्गीतहरु अनि गीतमा देखाइएका दृश्यहरुले आफु परदेश हिड्दाको दिनको सम्झना गराउछन् । म पनि सानै उमेरमा परदेश हिडेको मान्छे । आफू जन्मेको घर छोडेर अनि आफ्नो प्यारो देश छोडेर हिड्दाको दिन… Read More

मौलिक लोकदोहोरी गीत – हे बरै ! सार्वजनिक

हे बरै ! नेपाली बोलीचालीमा अति प्रयोग हुने शब्द हो, हे बरै !! गीत सङ्गीतमा चाहिँ यो शब्दको जन्म सारङ्गी सङ्गै भएको पो होकि भनेर अनुमान लगाउन सकिन्छ किन कि प्रायः गन्धर्व गीतको सुरुवात “हे बरै” बाट हुन्छ । उदाहरणका लागि स्वर्गीय लोकगायक झलकमान गन्धर्वको कालजयी लोकगीत “आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ” बोलको लोकगीतमा पनि “हे बरै” बाट नै गीतको उठान भएको छ ।   सबैभन्दा पहिला त लोकसङ्गीतको भण्डारलाई भरिपूर्ण बनाउने यो लोकेली शब्द “हे बरै” लाई नमन छ । परापूर्व काल देखि अहिले सम्म नि यो शब्दको लोकप्रियता बिल्कुलै घटेको छैन । जसको उदाहरणका लागि केही… Read More

ए ! सानु म रोएको सुन्छ्यौ हौला र ?

जब  “ए ! सानु म रोएको सुन्छ्यौ हौला र” बोलको छोटो अडियो बाहिरियो, तब झ्वाट्ट सुन्दा म हिन्दी गीत “सुन् रहा हेन तु रोरहा हुँँ मे ” सँग भाव मेल खान्छ की भन्ने सोचाइमा रुमल्लिएको थिए । जब यही गीतको पूरा भिडियो सार्वजनिक भयो म हेरेको हेरै  भए केही बेर अवाक रहे । पृथक परिवेश, यथार्थ भाव अनि समसामायिक बिषयवस्तुमा आधारित यो गीत सुन्दा मेरो भ्रमात्मक सोचाइ कहाँ बिलिन भो पत्तो पाइन । सुरु देखी अन्त सम्म एकाकृत भएर हेरिरहे परेली रसाइसकेछन् म बेहोसीलाई के थाहा । गीत सकिए पछि सुकसुकाउदै वाह ! क्या गीत भनेर पुन: दोहोराइ तेहेराइ हेर्न… Read More

लोकदोहोरी गायिका टिका सानु

मेरा दुई शब्द  म सङ्गीतको अनुरागी । साङ्गितिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य राखेको मान्छे । गीत सङ्गीत भने पछि हुरुक्कै, फुरुक्कै । अपसोच रहर, सपना र कल्पना भन्दा धन र समय बलवान हुँदो रहेछ । सपना सिरानी हालेर निदाएको मान्छे ब्युझने पलको प्रतिक्षा गर्दा गर्दै जिन्दगी सकिन लागिसकेछ । भलै मेरा सपना अधुरै किन नरहुन् मलाई सङ्गीतको नशाले कहिले छोडेन । आफ्ना सिर्जनामा ढुसी पलाए पनि मेरा वरपर गुन्जिरहने हर सङ्गीतले मलाई आनन्द दिइरहेको हुन्छ । म कलाकार त  बन्न सकिन तर कलाकारको कलम बनेर सर्जक र  सिर्जनाका बारेमा केही लेख्न चाहन्छु । मलाई सङ्गीतका सबै बिधा उतिकै… Read More

मार्मिक गीत – आँसु बग्ने खोली सार्वजनिक

प्रायः बिरही गीतहरु गाएरै चर्चामा आएका लोकदोहोरी गायक सुरेश रमण अधिकारी र शान्ता परियारको बिलकुलै नयाँ गीत “आँशु बग्ने खोली” हार्ट बिट नेपाल युट्युब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।­ आँसु बग्ने खोली .. कहाँ छ नसोध मेरा आँखा बाट बग्छन् आज भोलि !! यता मलाई घरको पिर थियो पिरतीले अर्को पिर थप्दियो । यति छिट्टै छुटौला काँ थियो अभागी छु भन्ने त था थियो । यति रुदा उहिले ज्यान जानी थ्यो धन्न पीडा सहने बानी थ्यो । संसार जित्न सक्थे कि बरु भाग्य जित्न सकिन के गरु । खायो मलाई पिरैले दिन्दिन एना हेर्दा आफैलाई चिन्दिन ।… Read More

मरे माटो मुनि हो – बाचुन्जेल बोले हुनी हो

नेपाली कलाकार लोकदोहोरी गायिका सङ्गीता पौडेलले एक पछि अर्को नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गराउदै आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाइरहेकी छिन् । भर्खरै मात्र उनले आफ्नो नयाँ गीत “बिछोड हुनी हो” आफ्नै युट्युब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गराएकी छिन् । भाग्यमा नलेखे बिछोड हुनी हो ! मरे माटो मुनि हो, बाचुन्जेल बोले हुनी हो !!   हिडेका छौ तरक्क तर्केर           एकै आखर हेर्दैनौ फर्केर ।   आज भयो जीवनमा फाटो           तर्की हिड्छ्यौ खोजेर दोबाटो ।   बुझ्नै गाह्रो भाबीको नेत्र           कर्म चक्र जीवनको नक्षेत्र… Read More